Load Shedding Schedule

null

स्मार्टफोनको इतिहास एक पूर्ण अध्ययन | History of smartphones explained

स्मार्टफोन सहजै बोकेर हिड्न सकिने फोन हो जसमा सामान्य फोनमा हुने सबै सुबिधा हुन्छन नै

पहिलो स्मार्टफोन
First Smart phone ever

र थप सुबिधाको रुपमा कम्प्यूटरले गर्न सक्ने सबै काम गर्न सक्छ जस्तै इमेल पठाउन, फोटो खिच्न, भिडियो च्याट गर्न, आदि | फोटो खिच्न, सथिसंग बिनाझन्झट उसको अनुहार हेरी हेरी कुरा गर्ने मिल्ने भिडियो च्याट गर्न अब बिजुली कुर्न नपर्ने भयो आफ्नो स्मार्टफोनबाट थ्रीजी प्रयोग गरि सजिलै कुराकानी गर्न सकिने भयो | इमेल पठाउन, इन्टरनेट प्रयोग गर्न, गणीतिय कारोबार सरल बनाउन, आफ्ना इमेज तथा भिडियो सुरक्षित गर्न, उपलब्ध भिडियोलाई इन्टरनेटमा अपलोड गर्न, डाउनलोड गर्न सकिने भएकाले स्मार्टफोन सामान्य मोबाइल भन्दा फरक छ | सामान्य मोबाइलमा भएका सबै सुबिधा उपलब्ध हुदा हुदै नयाँ र परिस्कृत टच सुबिधा, वाईफाई र आफ्नो काम सरल बनाउन फोन उत्पादकभन्दा बाहिरका तेश्रो पक्षले बनाएका एप्स प्रयोगगर्न पाइने सुबिधाले स्मार्टफोनलाई छोटो समयमै चर्चाको सिखरमा पुर्यायो |
स्मार्टफोन बजार प्रबेश गर्नभन्दा पहिले बजारमा एकमुस्ट प्रभुत्त जमाएका पर्सनल डीजीटल असिस्टेन्ट (पीडीए) जस्ता क्यामरा भएका, संगीत सुन्न र राख्न मिल्ने, आफ्नो लोकेसन पत्ता लगाउने डिभाइस ग्लोबल पोजिसनइंग सिस्टम (जीपीस ) जडित पाल्म कम्प्यूटरहरु बिकाश भए |

स्मार्ट फोनको बिकाशक्रम:
पर्सनल डीजीटल असिस्टेन्ट (पीडीए) जस्ता डीजीटल डिभाइसमा भएका कमजोरीको सुधारनै अहिलेका बहुसुबिधा युक्त स्मार्टफोनको जन्ममा प्रमुख हिस्सा राक्छन् | १९८० को दशकमै टेलिफोनी र कम्प्युटिंग मिस्रित हार्डवेयरको अबधारणा आएपनि पुर्णरुपमा बिक्रियोग्य बन्न १९९३ सम्म कुर्नु पर्यो | सन् १९९७ मा एर्रिक्सन कम्पनीले जी८८ “पेनेलोप” सार्बजनिक गर्यो जुन अधिकारिक रुपमा स्मार्टफोन नामको पहिलो परिचय थियो |
१९९२ मा पहिलोपटक अमेरिकी कम्पनी आईबिएमले पर्सनल डीजीटल असिस्टेन्ट (पीडीए)मा उपलब्ध सुबिधा सहितको फोन प्रोटोटाइप कोमडेक्स सार्बजनिक गर्यो | सन् १९९४ मा बेलसाउथ नामक कम्पनीले साइमन पर्सनल कम्म्युनीकेटर नाम दिदै प्रोटोटाइपको सफल उत्पादन गरिदियो | प्रबिधिको विकास संगै बेलसाउथले साइमनमा फोन, इमेल, फ्याक्स आदान प्रदान गर्ने सुबिधा थपिदियो | त्यति मात्रै नभई यसमा छोएरमात्रै पनि चल्ने टच स्क्रिनको प्रयोग गरिएको थियो | आधिकारिक रुपमा भने पहिलो स्मार्टफोन साईमननै बन्न पुग्यो |

सन् १९९६ मा फिनल्याण्ड मोबाइल जाइन्ट नोकियाले नोकिया ९००० सार्बजनीक गर्यो | त्यसताका नोकिया ९००० अत्याधिक सफल बन्यो | झट्ट हेर्दा हत्केलामा राख्न मिल्ने सानो कम्प्यूटरझैँ देखिने ९००० सबैको रोजाई बन्यो | स्क्रिन र फोनको पछिल्लो भागगरि दुईभाग मा विभाजित ९००० बजारमा उपलब्ध तत्कालिन ग्याजेटले छोटो समयमानै अनपेक्षित बिक्रि रेकर्ड राख्यो | सानो कब्जाले जोडिएको नोकिया ९००० लाई खोल्दा भित्रपट्टी स्क्रिन र अर्कापट्टि कम्प्यूटरजस्तै किबोर्ड उपलब्ध थियो | जीओएस भी ३.० अपरेटिंग सिस्टम उपलब्ध ९०००मा इमेल र टेक्स्ट वेब ब्राउजिंग सुबिधा थियो | सन् २०००मा एर्रिक्सनले स्मार्टफोनकै नाममा बजार भित्र्याएको एर्रिक्सन आर३८० ले टचस्क्रिन र सिमित इन्टरनेट सुबिधाको सुरुवात गर्यो |
सन् १९९९मा जापानी कम्पनी एनटिटि डोकोमोले सिएचटिएमएल सहितक फोन सार्बजनिक गर्यो जसले डाटा ९.६ किलोबिट प्रति सेकन्ड स्पीड पठाउन सक्थ्यो | एनटिटि डोकोमोले २००१को अन्त्यमा ४ करोड प्रयोगकर्ता बनायो

सन् २००० को मध्यतिर माइक्रोसफ्टको विन्डोज मोबाइलले ठुला ब्यापारिक घरानामाझ प्रभुत्त जमायो | विन्डोज मोबाइलको गति तब सुस्तियो जब ब्ल्याकबेरीले २००३मा बहुचर्चित जीएसएम मोबाइलहरु ब्ल्याकबेरी ६२१०, ब्ल्याकबेरी ६२२०, ब्ल्याकबेरी ६२३० सार्बजनिक गर्यो | कलर स्क्रिन युक्त ब्ल्याकबेरी ७७३० सर्बजबिक भएसंगै ब्ल्याकबेरीको उचाई बढेर गयो | सन् २००६मा क्रयाकबेरी नामले उत्तर अमेरिकाको बजारमा विन्डो मोबाइलको अस्तित्व संकटोपन्न बनाईदियो | यूरोपमा ब्ल्याकबेरीले भने खासै प्रत्सिपर्धा बेहोर्नु परेन | ब्ल्याकबेरीको इमेल सुबिधा, फ्याक्स, सरल कल बिधिले चाडैनै बजारमा स्थान सुरक्षित बनायो |

सन २००८ मा ब्ल्याकबेरीको बजारमाथि फिनल्याण्ड मोबाइल जाइन्ट नोकियाको सिम्बिएनले अंकुस लगायो | यूरोपमा नोकिया एक नम्बर मोबाइल उत्पादक बन्यो | नोकियाले मोबाइलको प्रयोग ब्यापारिक प्रयोजनभन्दा बाहिर लैजान नसकेका उत्पादकभन्दा भिन्न मनोरंजन प्रयोजनमा सुरुवात गर्यो | एन सेरिजको सुरुवात संगै फोन उत्पादकहरुमा नोकिया एक नम्बर बन्न पुग्यो | सुरुवातका वर्षहरुमा ब्यापारिक प्रयोजनलाई उत्पादन लक्षित गरेको नोकिया सिम्बिएनले बजारलाई फराकिलो बनाउदै युवापुस्तामा उत्पादन पुर्यायो | यसरीनै परिबर्तित बजार ब्यबस्थापन गर्न नसकेर बजारबाट ओझेल परेका विन्डोज र ब्ल्याकबेरीको कमजोरीले नोकिया स्मार्टफोन उत्पादनमा बिस्वकै अग्लो उचाईमा पुग्यो | यसरीनै पाल्म ओएस उदायो र अस्तायो |

“चुचुरोमा पुग्न सजिलो छ तर टिकीरहन मुस्किल छ ” भन्ने भनाई यहाँ पनि साचो भएर निस्कियो सन् २००७ मा सार्बजनिक मल्टीटच स्क्रिनयुक्त एप्पल इन्कले आईफोन सार्बजनिक भयो | फराकिलो टचस्क्रिन भएको आईफोनले सार्बजनिक भएसंगै स्थापित मोबाइल उत्पादकलाई पछाडी पारिदियो | सन् २००७ मा टुजी सार्बजनिक गरेको एप्पलेले २००८ मा थ्रीजी, २००९ मा थ्रीजी एस, २०१० मा फोरजी, २०११ मा फोरजी एस, २०१२ मा फाईव, २०१३ मा फाईव एस र फाईव सि सार्बजनिक गर्यो | गूगलले २००८ मा ओपनसोर्स अपरेटिंग सिस्टम एन्ड्रोईड सार्बजनिक गर्यो | २००८ मा एचटिसी ड्रिममार्फत पहिलो एन्ड्रोईड फोन सार्बजनिक भयो | एन्ड्रोईडको सर्बजनिकिकरणले स्मार्टफोन बजारलाई कायापलट गरिदियो | एन्ड्रोईडको अपरेटिंग सिस्टमले मोबाइल उत्पादन प्रभुत्त ठुला तथा धनि रास्ट्रको नियन्त्रणबाट मुक्त भयो | एन्ड्रोईडको सहज उपलब्धता र आफूअनुकुल परिबर्तन गर्न सकिने सुविधाले भारत र चिन जस्ता उदयीमान बजारलाई सबैभन्दा बढी फाइदा हुन पुग्यो | बिशाल हार्डवेयर उत्पादक चिन र सफ्टवेयर उत्पादक भारतले यसको प्रयोगमा कुनै कसर बाकी राखेनन् |

माइक्रोसफ्टले बदलिदो बजारमा सुरक्षित रहन विन्डोज फोन सार्बजनिक गर्यो, नोकियाको सिम्बिएनले आफ्नो उत्पादन र सपोर्ट बन्द गर्यो र माइक्रोसफ्टसंग बिक्रि सम्झौतामा हस्ताक्षर गर्यो | माइक्रोसफ्ट अहिले नोकियाको हार्डवेयर प्रयोगगर्दै लुमिया सेरिज़को उत्पादनमा जुटेको छ | अहिले पनि लुमिया सेरिज़का ५ भन्दा बढी विन्डोज फोन उपलब्ध छन् | यति मात्रै नभई नोकियाले एन्ड्रोईड अपरेटिंग सिस्टमका फोन पनि सार्बजनिक गरेको छ | माइक्रोसफ्टले आफ्नो बजार दह्रिलो बनाउन आफ्नो विन्डोज फोन अपरेटिंग सिस्टम तेश्रो पक्षलाई प्रयोग गर्न दिने सम्झौता गर्यो | भारतको मोबाइल उत्पादक माइक्रोम्याक्स पहिलो सम्झौता गर्ने कम्पनी बन्न पुग्यो |
अहिले सामसङ, एचटिसी, सोनी, कलर्स, माइक्रोम्याक्स आदि मोबाइल उत्पादक एन्ड्रोईडमै निर्भर रहेका छन् | बजारमा उपलब्ध अन्य अपरेटिंग सिस्टमहरु जोल्ला, बाडा, मोजिल्लाको फायरफक्स ओएस, सेलफिश ओएस, टाईजेन, यूबन्टु टच, आदि छन् |

बिकाश क्रममा के के देखिए ?
१.० इनोभेसन
बजारमा उपलब्ध मोबाइलहरुभन्दा नयाँ र परिस्कृत फिचर्स दिनु अहिलेको बदलिदो स्मार्टफोन ट्रेन्ड हो | नयाँ स्मार्टफोन सार्बजनिक हुदाँ नयाँ फिचर्स के के थपिए भन्ने खोजि हुन्छ | सार्बजनिक हुन पहिले विभिन्न अड्कल बाजी गरिन्छ | साना कम्पनी भन्दा ठुला उत्पादकसंग प्रयोगकर्ताको ठुलो अपेक्षा हुनेगर्छ | बिसेष गरि एप्पल, सामसङ, माइक्रोसफ्ट, नोकिया जस्ता ठुला कहलिएका उत्पादकसंग ठुलो अपेक्षा हुने गर्छ |

२.० फराकिलो र एक्टिभ टच स्क्रिन:
ल्यापटपलाई नै चुनौती दिन थालिसकेको स्मार्टफोनमा प्रयोगकर्ताको प्रयोग अब सामान्य फोन मात्रै सिमित छैन | कम्प्यूटरले गरिने आफ्ना सबै काम स्मार्टफोन बाट सम्भब भएपछि तिनीहरुको प्रयोग पनि छरितो र सहज हुन आवस्यक छ | त्यही समस्यालाई मध्यनजर गरि बजारमा भित्रिने नयाँ स्मार्टफोनहरु उत्पादकहरुले फराकिला स्क्रिन र चलाख टच भएका डिभाइस सार्बजनिक गर्न चाहन्छन् | राम्रो क्वालिटिको भिडियो हेर्नपनि फराकिलो स्क्रिन लाभदायक हुन्छ |

३.० ब्याट्री लाइफ :
फराकिलो स्क्रिन डिस्प्ले मागे संगै ठुलो डिस्प्लेमा लाग्ने धेरै ब्याट्री खर्च अर्को स्मार्टफोनमा सबैभन्दा धेरै अपेक्षा गरिन्छ | ब्याट्री लाइफ बढाउन कम्पनीले धेरै शक्तिशाली ब्याट्री प्रयोग गर्दै आएका छन् | पहिने १३०० एमएच ब्याट्री हुने गरेका सामान्य फोनहरुभन्दा अहिलेका स्मार्टफोन करिब दोहोरो अथवा तिन गुणा शक्तिशाली छन् | धेरै ब्याट्री आयु भएका फोनहरुनै अहिलेको बजारको रोजाईमा पर्छन |
४.० शक्तिशाली र्याम र धेरै स्टोरेज :
युवा पुस्ताहरुमा मोबाइलमा खेलिने खेल पनि लोकप्रिय छ | धेरै रेजोलुसन भएको गेम खेल्न धेरै र्याम अत्यावश्यक हुन्छ | हाल बजारमा उपलब्ध स्मार्टफोन क्वाड कोर प्रोसेसर सम्मका उत्पादन भइसकेका छन् र हुदै पनि छन् | येसरी हेर्ने हो भने यि स्मार्टफोनहरु सामान्य कम्प्यूटरभन्दा शक्तिशाली हुन्छन | स्मार्टफोन उत्पादक प्रयोगकर्ताको चाहना अनुरुप धेरै र्याम र धेरै स्टोरेजमा प्रतिस्पर्धा गर्दैछन् | हाल बजारमा १२८ जीबी सम्मका मेमोरी कार्ड उपलब्ध भैसकेका छन् |

५.० एप्स स्टोर को अबधारणा:
बजारमा चल्तीका स्मार्ट फोन उत्पादकहरु आफ्ना ग्राहकलाई झन्झट रहित सुबिधा उपलब्ध गराउने उदेश्यले विभिन्न सेवा तथा सुबिधा दिदै आईरहेका छन् | एप्स स्टोरको स्थापना सामान्य बनिसकेको अहिलेको स्मार्टफोन बजार नयाँ र चल्तीका एप्स ग्राहकलाई कसले चाडो र सस्तो मुल्यमा पुर्याउने भन्नेमा केन्द्रित छ | सन् २००० मा स्थापित डेन्जर इन्क नामक कम्पनीले टि-मोबाइल साइडकिक (डेन्जर हिपटप ) सार्बजनिक गर्यो | बजार प्रवेशको अनौठो तरिका अपनाएको डेन्जर २ बर्ष भित्रै माइक्रोसफ्ट को रोजाई मा पर्यो र सन् २००२ मा अघोसित रुपमा १० लाख डलर भन्दा बढीमा बिक्रि भयो | हाल डेन्जरको एप्स स्टोर संचालनमा छैन | त्यहि ट्रेन्ड पछ्याउने अन्य मोबाइल उत्पादकले पनि धमाधम आफ्ना स्टोर संचालनमा ल्याए |

६.० मोबाइल अपरेटरसंगको बन्डिंग:
आफ्ना उत्पादनहरुलाई बजारका सबैखाले प्रयोगकर्तासमक्ष पुर्याउन मोबाइल अपरेटरसंगको बन्डिंग अत्यन्त फाइदाजनक साबित भएको छ | बन्डिंगमा प्रयोगकर्तालाई स्मार्टफोन उपलब्ध गराउने अपरेटरको सिम मात्रै चल्ने गरि मोबाइल लक गरिएर दिएको हुन्छ जसबापत प्रयोगकर्ताले मासिक वा बार्षिक सिमित रकम तिर्न पर्छ| सर्त अनुसार बक्यौता तिरी नसकी अर्को मोबाइल अपरेटरको सेवापनि लिन नपाइन सक्छ | पुरा रकम भुक्तानी नभएसम्म मोबाइलको सेवा तथा मोबाइल आफै पनि जुनसुकै बेला लक हुनसक्छ र अनलक गर्न बक्यौता रकम भुक्तानी गर्न पर्छ | बन्डिंगमा टि-मोबाइल, एटि एंड टि, भोड़ाफोन, भर्जिन मोबाइल अग्रणी नाम हुन् |

१.१ कसले कहिले गरे स्टोरको सुरुवात ?

एमाजोन मार्च,२०११
एपप्ल एप्स स्टोर जुलाई, २००८
ब्ल्याकबेरी वर्ल्ड अप्रिल, २००९
गूगल प्ले अक्टोबर २००८
फायरफक्स मार्केटप्लेस सेप्टेम्बर २००६
नोकिया ओभीआई स्टोर मेइ २००९
पाल्म ओएस स्टोर डिसेम्बर, २००८
सामसंग सेप्टेम्बर, २००९
बिंडोज फोन स्टोर अक्टोबर, २०१०

को संग कति एप्स छन् ?
सन् २०१३ को वर्ष अन्त्यसम्मको तथ्यांकअनुसार विभिन्न स्मार्टफोन स्टोरहरुको एप्स डाउनलोड यस्तो छ |

एपप्ल स्टोर१० भन्दा बढी६० अर्ब पटक१० अर्ब (२०१३)

 

उत्पादक एप्स संख्या लाखमा डाउनलोड आम्दानी डलरमा
गूगल प्ले स्टोर १० लाख भन्दा बढी ५० अर्ब पटक १४ अर्ब ४० करोड
बिंडोज फोन स्टोर २ लाख ४५ हजार उपलब्ध छैन ९५ करोड (२०१३)
नोकिया ओभिआई स्टोर १ लाख १७ हजार ८८ करोड ५० लाख पटक (२०१२) १० करोड ५० लाख
ब्ल्याकबेरी वर्ल्ड १ लाख ३० हजार ३ अर्ब पटक ५५ करोड (२०१३)

अन्य साना स्टोर र तेश्रो पक्षले निर्माण गरेका एप्सहरु यसमा समाबेश छैनन् | उपलब्ध एप्सहरु उत्पादकको अफिसियल स्टोरमा मान्यता प्राप्त एप्स हुन् |
आजको दुनिया स्मार्ट सामग्रीबाट नियन्त्रणको स्थितिमा पुगिसकेको छ | के खाने, कतिखेर खाने, कहाँ खाने, कति खाने, बिल कति तिर्ने, कसरि तिर्ने आदि प्रश्नको जवाफ अब औलाको सामान्य टचभन्दा टाढा छैन | दैनिक जीवनसैली को अभिन्न अंग बनिसकेका स्मार्ट डिभाइसले हाम्रो समय र श्रम दुबैको बचत गरेका छन् र जीवनलाई सहज बनाउनमा यिनीहरुको सक्रिय योगदान छ | अब स्मार्ट डिभाईसबिनाको जीवन कल्पना गर्न निकै गार्हो भइसकेको छ | अझ स्मार्टफोन हरुमा आउने बिभीन्न एप्सहरुले त दैनिकीलाई नै कायापलट गरिदिएका छन् |

Fiber to the Home

In order to meet the customer need for higher bandwidth, reliable, quality service & secure network, Nepal Telecom has come up with Fiber To The Home (FTTH) based on Next Generation Network Technology. In this service, Optical fiber is installed up to the customer premises instead of traditional copper network. Customers can get high speed broadband internet service ranging from 1Mbps to 100 Mbps as well as IP based voice service currently and multimedia service will be available in near future.

Basic Features:

  1. Ultimate access technology that supports service requirement of next decade and beyond.
  2. Both Broadband Internet Service and Voice service in a single fiber.
  3. Ready for triple play service (will be introduced in near future)

How to Subscribe:

  1. Customer needs to fill the service registration form for FTTH in service counter. (Available at: http://www.ntc.net.np/downloads)
  2. Site survey and estimation will be carried out by NT. Site survey includes site assessment (outdoor & indoor), equipment termination point, route of fiber drop cable.
  3. Service will be provided based on the distribution point feasibility and Service availability.
  4. Fiber installation, CPE installation and configuration will be carried out by NT
  5. Username and Password for login will be provided to the customers.

Tariff

Promotional Offer

Items
Tariff (NRs.)
Registration
500
Drop Fiber Cable (Per Meter)
60
Deposit
None
Package Validity 12 Months
10000
6 Months
15000
Less than 6 Months
20000

 

Unlimited Plan

SN
Bandwidth (Mbps)
Tariff per Month (NRs.)
1
1 – 4
8,000 per Mbps
2
5 – 10
9,600 per Mbps
3
11 – 100
8,900 per Mbps
4
More than 100
7,600 per Mbps

 

Volume Based Internet Package (Data Rate 1 ~ 10 Mbps) :

SN
Validity
Volume GB
Tariff
1
1 Month
20
1,140
30
1,530
40
1,800
2
3 Months
60
3,300
90
4,320
120
5,160
3
6 Months
120
6,000
180
7,740
240
9,120
4
12 Months
240
12,000
360
15,480
480
18,240

 

Volume Based Internet Package (Data Rate 10 ~ 100 Mbps) :

SN
Validity
Volume GB
Tariff
1 1 Month 30 2,040
2 3 Months 60 3,600
3 6 Months 120 6,600
4 12 Months 480 23,040

 

Voice Service Charges:

Items
No of Telephones (Free Connection) 2
Monthly Rental Per Telephone Rs. 200
Monthly Free Calls Per Telephone 175
Voice Call Rates As per Existing PSTN Rate

Note: Above rates are exclusive of all applicable taxes.


Service Area:

In first phase, the service is available in following areas of Kathmandu valley. The service distribution and customer care will be done from Sundhara Counter.

Kathmandu Valley

Durbarmarg Kamaladi Kathmandu Plaza Jamal

Gradually, the service will be available in following areas

For more details please visit nepal telecom’s official website as www.ntc.net.np

एन्ड्रोइड रूटिंग: के र किन ?

एन्ड्रोइड रूटिंग के हो ?

एन्ड्रोइड रुटिंग एन्ड्रोइड अपरेटिंग सिस्टम भएको स्मार्टफोन, ट्याब्लेट, वा अन्य एन्ड्रोइड अपरेटिंग सिस्टम भएका उपकरणमा गरिने एउटा एस्तो ह्याक हो जसले प्रयोगकर्तालाई एन्ड्रोइड अपरेटिंग सिस्टमको गहिराई सम्मको पहुच अर्थात् (root access) हासिल गर्न सहयोग गर्छ| सामान्यतया उपकरण उत्पादक कम्पनीले दिएको भन्दा केहि धेरै बिशेसता थप्न सकिने हुनाले रूटिंग एन्ड्रोइड प्रयोगकर्तासामु चासोको बिषय हुन सक्छ | रुटिंग पश्चात् आफ्नो डिभाइसले कम्पनीको वारेन्टी त गुमाउछ गुमाउछ अनि  रूटिंग को समयमा आउन सक्ने गडबडी ले तपाईको डिभाइसनै डेड हुन पनि सक्छ | यति हुदा हुदै प्रयोगकर्ताले रुटिंगनै रुचाउने कारण के के छन् त ?

रुटिंगनै किन ?

android rooting

रुटिंग आगाब उपकरण उत्पादक कम्पनीले चाहेकोभन्दा भिन्न वा बढी फिचर्स थप्न सकिदैन र सम्भब भए पनि कि त स्टोर (play store) बाट किन्नु पर्छ कि त निर्माता कम्पनीकै अपडेट कुर्नुपर्छ | प्रयोगकर्ताले रुटिंग पश्चात् सामान्यतया आफ्नो एन्ड्रोइड डिभाइस पहिलेभन्दा नौलो र परिस्कृत बनाउन सक्छन जहाँ उनिहरुले चाहेको फिचर्स थप्न वा नचाहेको  हटाउन सक्छन| रुटिंग बैध भएतापनि एसले तपाईको डिभाइसको वारेन्टी तोडिन्छ, सेक्यूरिटी रिस्क बढ्छ, हार्डवेयर समस्या उत्पन्न हुन सक्छ | यती हुदा हुदै पनि रुटिंग प्रोत्साहन गर्ने कारण के-के छन् त ?

  • ब्याट्रीको ब्याकअप अवधि लम्याउन र स्पीड बढाउन:

सामान्यतया हामी सबैले भोगेको एन्ड्रोइड समस्या छोटो ब्याट्री ब्याकअप हो जून कसैलाई मन पर्दैन | रुटिंग नगरिएको एन्ड्रोइड डिभाइस ब्याट्रीको  ब्याकअपको मामलामा भने निकै कमजोर छ, बिहान चार्ज मोबाइल गरेर अफिस निस्कनुभएको तपाई बेलुका घर नाफर्किदासम्म ब्याट्रीको भर पर्न सक्नुहुन्न किनभने एन्ड्रोइड डिभाइसमा तपाईले प्रयोग नगरेको बेलामा पनि गोप्यरुपमा केहि एपहरु चलीरहेकै हुन्छन जून ब्याट्री बिनासका कारक हुन् | अर्को त्यत्तिनै आवश्यक भनेको स्पीड हो, रुटिंग पश्चात् अनावश्यक गोप्यरुपमा चल्ने एपहरु चल्न पाउदैनन जसले RAM को खपत कम गर्छन फलस्वरूप तपाई आफ्नो डिभाइसको पेर्फर्मेन्स बढेको पाउनुहुनेछ|

  • पेड एप सित्तैमा चलाउन:

एन्ड्रोइड स्टोर मा किन्नुपर्ने एप ह्याकर अथवा एन्ड्रोइड बिज्ञहरुले बिभिन्न वेबसाइट जसलाई एन्ड्रोइड कालोबजार भनेर चिनिन्छ त्यहाँ नि:सुल्क डाउनलोड गर्न राखीदिन्छन उक्त एपलाई (.apk) आफ्नो एन्ड्रोइड डिभाइसमा राखेर पेड जत्तिकै चलाउन सकिन्छ | नामै लिनुपर्दा यस्ता केहि वेबसाइट यिनीहरु हुन्:

http://www.apkmania.com/

http://www.apkmaza.com/

http://www.4shared.com/

आफुले चाहेको एप को नाम बाट पनि गूगलमा सर्च गर्न सकिन्छ जस्तै पेड इन्स्टाग्रामको लागी “Instagram.apk” सर्च गर्न सकिन्छ |

  • भरपर्दो ब्याकअप:

एन्ड्रोइड अपरेटिंग सिस्टममा आफैमा पनि ब्याकअप को सुबिधा छ तर उपलब्ध ब्याकअप केवल सतही हुन्छ यसले फोन नम्बर, फोटोहरु, गीत इत्यादि मात्रै सुरक्षित राखिदिन्छ तर रुटिंग गरिएको एन्ड्रोइड डिभाइसमा Titanium Backupको प्रयोगले तपाईले केवल एप्स, फोन नम्बर, फोटोहरु आदि मात्रै नभई एप्समा भएको डाटा पनि सुरक्षित गर्न सक्नुहुन्छ जस्तो कि तपाईले सब्दकोशमा थपेको सब्दहरु, क्यान्डी-क्रस को लेवल, टेम्पल रन को हाईस्कोर, जून डिभाइसलाई रिस्टोर गरि ब्याकअप रिस्टोर गरेपश्चात् जस्ताको तस्तै प्राप्त गर्न सकिन्छ |

  • पछिल्लो अपडेट प्राप्त गर्न:

उत्पादक कम्पनीले आफ्ना उत्पादनहरुको लागि अपडेट बजारमा सफ्टवेयरको रिलिज भन्दा ढिलो दिने गर्दछन् जसबाट प्रयोगकर्ता नया सफ्टवेयरको प्रयोगभन्दा पछाडी रहन बाध्य हुन्छन जस्तो कि android 4.4 kitkat जून ग्यालेक्ष्शी एस फोर को लागि नोभेम्बर २६ मा रिलिज भयो जबकी kitkat 4.4 अक्टोबर ३१ मै रिलिज भएको हो |

  • किनकी तपाई आफै पनि एन्ड्रोइड प्रयोगकर्ता हो:

सुन्दा अनौठो भए पनि एन्ड्रोइड रुटिंग गर्नैपर्ने एउटा कारण तपाई आफै पनि हो किनकी तपाईसंग एन्ड्रोइड अपरेटिंग सिस्टम भएको शक्तिशाली ग्याजेट छ| अब यति शक्तिशाली ग्याजेट बोक्ने तपाई साधारण प्रयोगमा पक्कै सिमित हुनुहुन्न त्येसैले तपाइलाई रुटिंग जरुरि छ कि तपाई यसलाई जति चाहनुहुन्छ यो त्यतिनै व्यापक बनाउन सक्नुहुन्छ र नया नया फिचर्स थप्दै जानुहुनेछ |